
काडमाडाैँ । दयाहाङ राईको शीर्ष भूमिका रहेको चलचित्र ‘भैरे’को ट्रेलर सार्वजनिक भएको छ। साउन ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म भैरेको ट्रेलर सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।
प्रेम, रोमान्स, कमेडी र एक्सनले भरियो फिल्मको ट्रेलर पनि त्यसै अनुकुलको बनेको छ। दयाहाङ्ग राई, बुद्धि तामाङ्ग, सुरक्षा पन्त, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल लगायतका कलाकार को अभिनय रहेको यो चलचित्रको छायाँकन मुस्ताङमा गरिएको हो।
प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेको यो चलचित्रको निर्देशन एभरेष्ट सूर्य बोहराले गरेका छन्। चलचित्रमा सूर्य थोकरको द्वन्द्व, बनिष शाहको सम्पादन र पुरुषोत्तम प्रधानलेको छायाँकन रहेको छ।
हेर्नुहोस् ट्रेलर








