ओलीको चीन प्रस्थानपछी नेकपाको कार्यवाहक अध्यक्ष माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपालले पाएका छन् । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी देश चीनको भ्रमणमा निस्केपछि उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको हो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि सिंगापुर गएकाले नेपालले कार्यवाहक अध्यक्ष पाएका हुन् । नेता नेपाल नेकपाको बरियतामा तेश्रो नम्बरमा छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् भने नेकपा संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी उपनेता सुवास नेम्वाङलाई दिइएको छ ।

सम्बन्धित शिर्षकहरु