
काठमाडाैँ । राष्ट्रियसभामा सोमबार भएको गोलाप्रथाको परिणाम पनि नेपाल कम्युनिस्ट पार्टीको पक्षमा परेको देखिन्छ। १९ जना सांसदको २ वर्षे कार्यकालमा कां्रेसका ७ जना परेका छन् भने नेकपाका ८ जना परेको छन भने राजपा फोरमका ३ र सरकारद्वारा मनोनित १ जनालाई २ वर्ष कार्यकालको चिठ्ठा परेको छ। नेकपाका मिना बुढा, युटुल लामा, कोमल ओली, खेम नेपाली, राजकुमार कुँवर हरिचरण सापकोटा, बलाराम बास्कोटालाई २ वर्षे चिठ्ठा परेको हो।
त्यस्तै २० जनाको ४ वर्षे कार्यकालका लागि नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा, शान्ति अधिकारी, कोमल ओली, कविता बोगटी, रामलखन हरिजन, चक्रबहादुर स्नेही, खिमबहादुर विक, सिंहबहादुर विक, नरपति लोहर, अगम वान्तवा र जीवन बुढा, पर्शुराममेघी गुरुङ, सुमन प्याकुरेल, दीनानाथ शर्मा, चक्रबहादुर खड्का, ठगेन्द्र पुरी, शेरबहादुर कुँवर रहेको छन्।
त्यस्तै नेकपाकै रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ र हरिराम चौधरी बिना पोखरेल, प्रमिलाकुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, नन्दा चपाई, इन्दु कडरिया, नरपति लोहार, सिंहबहादुर विश्वकर्मा, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेललाई पनि ६ वर्षै कार्यकालको चिठ्ठा परको छ।
२ नम्बर प्रदेश बाहेक सबै ६ प्रदेशको नेतृत्व र राष्ट्रियसभा दुई तिहाइभन्दा बढी र प्रतिनिधि सभामा पनि स्पष्ट बहुमतमा रहेको नेकपालाई चिठ्ठाले पनि साथी दिएको हो। १३ सांसद रहेको कांग्रेसका भने ७ सांसदको पदावधि २ वर्ष, २ सांसदको ४ वर्ष र ४ सांसदको ६ वर्षको हुने भएको छ।








