
काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलामा २ सय रुपैंयाले घटेको छ । त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला ५८ हजार ३ सय रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ५८ हजार रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।
चाँदी प्रतितोला ७७५ मा किनबेच भईरहेको पनि महासंघले जनाएको छ ।








