सलमान खानको नयाँ फिल्म ‘रेस–३’ फेसबुकमा लिक

मुम्बइ । सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘रेस–३’ सामाजिक सञ्जाल फेसबुकमार्फत लिक भएको छ । एक्सनले भरपुर मल्टिस्टारर फिल्मले प्रदर्शनको २ दिनमा ६७ करोडको कमाइ गरिसकेको छ । तर फिल्म प्रदर्शनको दुई दिनमै सामाजिक सञ्जालमा लिक हुनु भनेको फिल्म युनिटलाई निकै ठूलो झट्का हो ।

हलहरुमा राम्रो व्यापार गर्न सफल रेस–३ लाई फेसबुकमा पनि राम्रो सेयर भइरहेको छ । यो फिल्मको क्लिप अरुले पनि डाउनलोड डर्दै आफ्नो प्रोफाइलमार्फत अपलोड गर्ने काम तीब्र रुपमा भइरहेको छ । कैयौं फेसबुक युजरहरुले हल डबिङ प्रिन्टलाई फेसबुकमा शेयर गरेका हुन् । यो फिल्म बक्स अफिसमा पनि निकै उत्कृष्ट कमाइ गरिरहेको छ ।

सम्बन्धित शिर्षकहरु