
काठमाडौं । नेपाल सरकार लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीले डा खतिवडालाई उपाध्यक्षमा नियुक्त गरेको लगानी बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लगानी बोर्ड ऐन २०६८ को दफा ३ (ख) प्रधानमन्त्रीले लगानी बोर्ड हेर्न तोकेको मन्त्री बोर्डको उपाध्यक्ष हुने प्रावधान छ ।








