
काठमाडौं । केहि दिनयता सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैंयाले बढेर छापावाला सुन प्रतितोला ५८ हजार ६ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला ५८ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको छ । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले बढेर प्रतितोला ७८० रुपैंयामा किनबेच भईरहेको छ ।








