जुम्ला । जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट शनिबार दिउँसो २ बजेर ६ मिनेटमा जुम्लाका लागि उडेको कलसाइन नम्बर नाइन एन एइ भीको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा पन्चर हुँदा जहाज धावनमार्ग भन्दा बाहिर गएको हो ।
२ बजेर ४० मिनेटमा विमान अवतरणा गर्न लाग्दा धावनमार्गबाट असन्तुलित हुँदै बाहिर गएर आवासगृहतर्फको बारमा ठोक्किएको थियो । विमानमा रहेका १८ यात्रु र ३ जना चालक दलका सदस्य सबै सकुशल रहेको बताइएको छ ।








