
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको पूर्व तयारीमा व्यस्त रहेका छन् । उनि असार ६ गते चीन भ्रमणमा जाँदैछन् । अोलीको भ्रमणको तयारीमा उनीसंगै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र नेकपाका नेता एवम् परराष्ट्र मामिलाका जानकार लागिपरेका छन् ।
ओली यसअघि भारत भ्रमणमा गएका थिए । भारत पछि चीन भ्रमणमा निस्कन लागेका अोली अहिले अान्तरिक रुपमा चीनसँग गर्ने सम्झौता का बारेमा छलफल तथा गृहकार्यमा व्यस्त रहेका छन् ।
प्रधानमन्त्री अोलीले अहिले मन्त्रीहरुसँग योजना मागिरहेका छन् । उनले चीन भ्रमणका क्रममा गल्छी–केरुङ–रसुवागढी अन्तरदेशीय प्रसारणलाइनको डीपीआर निर्माण सहमति गर्ने इच्छा जाहेर गरेका छन् । त्यस्तै ऊर्जा समन्वय सम्झौता गर्ने प्रस्ताव पनि मन्त्रिपरिषदमा पुगिसकेको छ । ओलीको चीन भ्रमणमा ‘इनर्जी कोअर्डिनेशन’ सम्झौता हुने संभावना रहेको स्रोतको दावी छ ।








