
एजेन्सी । यदी मेस्सी इजरायलविरुद्धको मैत्रीपुर्ण खेल खेलेमा फ्यानहरुले उनको फोटो र जर्सी अवश्य जलाउने प्यालेस्टायनियन फुटबल एसोसियसन प्रमुख जिब्रिल राजोउवले बताएका छन् ।
अर्जेन्टिनाले आउने शनिबार इजरायलसँग मैत्रीपुर्ण खेल खेल्ने तयारी गरिरहेको छ । फिफाको ९८ औ स्थानमा रहेको इजरायलले राजनीतिक अस्त्रका रुपा उक्त खेल खेलाउन लागेको जिब्रिलले आरोप लगाएका छन् ।
उनले भनेका छन्, ‘अर्जेन्टिनाका स्टार खेलाडीहरुले इजरायलविरुद्ध खेल खेलमा प्यालस्टानियन फुटबल फ्यानहरुले यसको चर्को विराध गर्नेछन् । मेस्सीको जर्सी तथा फोटो जलाउन समेत बाध्य हुनेछन् । हामीलाई आशा छ मेस्सीले खेल खेल्ने छैनन् ।’
लामो समय इजरायल र प्लोस्टाइनबिच युद्ध चलिरहेको छ । यसअघि नै प्यालेस्टाइलने अर्जेन्टिनालाई इजरायलविरुद्ध खेल नेखल्ने बारम्बार धम्की दिदै आइरहेको थियो ।






