
एजेन्सी । हालै मात्र भग म्यागजिनलाई दिएको अन्तर्वार्तामा यी ३२ वर्षीया हटकेक नायिका दीपिकाले किन आफ्नो अप्ठेरो समयबारे बोल्नु जरुरी छ भन्ने कुरा बताएकी छन्। म डिप्रेसनसँग जुध्न सकिरहेकी थिइनँ, किनभने मैले यो कुरा कसैलाई सुनाउन सकिरहेकी थिइनँ । ज्वरो आएका बेला बरु मानिसलाई आफूलाई के भइरहेको छ भनेर भन्न सकिन्छ तर डिप्रेसनसँग जुध्दा आफूभित्र के भइरहेछ भनेर अरुलाई बुझाउन सकिँदैन।
‘विभिन्न कारण मानसिक रोगसँग सम्बन्धित भेदभाव हामीकहाँ छन्, जसबारे मान्छेहरू बोल्न चाहँदैनन् । मैले यसबारे कुराकानी गर्न चाहनुको पछाडि धेरै कारण छन् । एक, यसले मेरो जीवनलाई थुप्रै तरिकाले रूपान्तरण गरेको छ । यो मेरो जीवनको सबैभन्दा कठिन क्षण थियो तर मैले यसलाई सामना गरेँ ।
मलाई डिप्रेसनले आफ्नो जीवनबारे बुझ्न सघायो,’ दीपिकाले भनेकी छन्, ‘म डिप्रेसनसँग जुध्न सकिरहेकी थिइनँ, किनभने मैले यो कुरा कसैलाई सुनाउन सकिरहेकी थिइनँ । ज्वरो आएका बेला बरु मानिसलाई आफूलाई के भइरहेको छ भनेर भन्न सकिन्छ तर डिप्रेसनसँग जुध्दा आफूभित्र के भइरहेछ भनेर अरुलाई बुझाउन सकिँदैन । म काममा जान्थेँ तर मैले अरुलाई भन्न सक्दिनथेँ। कहिलेकाहीँ मलाई सञ्चो छैन भनिदिन्थेँ । मेरा लागि डिप्रेसनको ठूलो अंश भनेको मेरो आफ्नै अनुभव थियो।’
डिप्रेसनका बेला आफूले के भोगेँ भन्ने दुनियाँसामु बताउँदा अरुलाई पनि यसमा सजग रहन सहयोग पुग्ने उनको भनाइ छ।
उनले भनेकी छन्, ‘जब म डिप्रेसनबाट बाहिर आउँदै थिएँ, मैले चाहेको पहिलो कुरा भनेको सास फेर्न सकुँ भन्ने थियो । संसारलाई आफ्नो अनुभव सुनाउनु पनि थियो।’








