क्रिकेट र फुटबलमा करोडौंको जुवा, पूर्व राष्ट्रिय प्रशिक्षक सहित ६ पक्राउ

काठमाडाैँ । विश्वका महत्वपूर्ण र लोकप्रिय खेल क्रिकेट र फुटबलका अन्तर्राष्ट्रिय म्याचको जितहार, गोल र रनका आधारमा जुवा खेलाउने ६ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको बिशेष टोलीले पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी सहित ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा केसी सहित गौरब तिवारी, दिनेश बोगटी, नगेन्द्र सुवाल,  भुपेन्द्र कुँवर र विजय श्रेष्ठ छन्।

प्रहरीले उनीहरुले क्रिकेट र फुटबलका खेलहरुमा जितहार, रन, विकेट र गोलका आधारमा अनलाईन जुवा खेलाउने गरेका थिए। पक्राउ परेका सबैले जुवा खेलाउन बुकीको कामगर्दै आएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। प्रहरीले उनीहरुका साथबाट जुवा खेलाउन प्रयाेग भएका माेबाइल, ल्यापटप र नगद बरामद गरेकाे छ।

परिसरले मंगलबार काठमाडौं जिल्ला अदालतबाट जुवा ऐन र ठगीमा म्याद लिने तयारी गरिरहेको छ। प्रहरीले पक्राउ गरेका केसी यसअघि म्याच फिक्सिङमा पक्राउ परेका आरोपी हुन्। मंगलबार पत्रकार सम्मेलन गर्दै प्रहरीले सट्टेवाजको नाइके गौरव तिवारी भएको र उनीहरुले विभिन्न क्षेत्रमा रही सो कार्य गर्दै अाएको जनाएको छ।

गौरवले बेलायतबाट फरक फरक समयमा २४ वटा अनलाइन एकाउण्ट खोलेर त्यसैमार्फत सट्टेबाजीको कारोबार चलाउने गरेको महानगरिय प्रहरी परिसर एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

सम्बन्धित शिर्षकहरु