ओलीसँग यादवको सम्बन्ध सुध्रियो, डेन्जरजोनमा ‘राजपा’,गठबन्धन फेरबदल !

काठमाडौं ।  संविधान संशोधनका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी सकारात्मक भएपछि संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा सहभागी हुने र प्रदेश २ मा सत्ता गठबन्धन फेरबदल हुने सम्भावना बढेको छ ।

सरकारको नीति तथा कार्यक्रममा संघीय फोरमले दर्ता गराएको संशोधन प्रस्ताव अध्यक्ष यादवले फिर्ता लिएपछि प्रधानमन्त्री केपी ओलीसँग चिसिएको सम्बन्ध आइतबारदेखि सुध्रिएको छ । ओलीसँग यादवको सम्बन्ध सुध्रिएपछि राजपा नेपाल चिन्तामा डुबेको छ ।

अध्यक्ष यादवले बुधबार संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिस्ट पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । उता, प्रदेश २ मा पनि नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । राजनीतिक उथलपुथले राजपालाई संघीय फोरमले उछिनेको छ ।

केन्द्रिय सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रमलाई फोरमले समर्थन गरेको छ । प्रदेश २ मा भने नेकपाले फोरम नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्र र प्रदेशमा दुई फरकखाले दृश्य देखिए पनि दुवै घटनाक्रम नेकपा र फोरमको गठबन्धनसहित केन्द्र एवंम प्रादेशिक सरकार बनाउने उदेश्यबाट निर्देशित छन् ।

 

सम्बन्धित शिर्षकहरु