रियल मड्रिडले लगातार तेस्रोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगको फाइनल खेलमा लिभरपुललाई ३-१ गोलले पराजित गर्दै रियल मड्रिडले लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । लिभरपुलका गोलरक्षक कारिएसले गरेको दुई ठुला गल्तीका कारण रियलले सहजै रुपमा खेल जित्दै उपाधि जितेको हो ।

पहिलो मिनेटटदेखि नै लयमा रहेको लिभरपुललाई तब झट्का लाग्यो जब मोहमम्द सालाह घाइते हुदै मैदान छाड्न पर्यो । खेलको ३० औ मिनेटसम्म सानदार खेल प्रदर्शन गरेको लिभरपुलले रियललाई कडा टक्कर दिएको थियो । तर, सर्जियो र्यामोससँग भएको घम्साघम्सीमा उनी घाइते हुन पुगेका थिए । आँखाबाट आँशु झादै उनले मैदान छाडे ।

उनको सट्टामा मैदान प्रवेश गरेका थिए एडम लालाना । पहिलो हाफमा ४२ औं मिनेटमा बेन्जेमाले गोल गरेका थिए । तर, रोनाल्डो अफसाइड भएपछि रेफ्रीले अफसाइड दिँदै उक्त गोललाई मान्यता दिएनन्। तर, रियललाई पनि खेलको ३६ औ मिनेटमा झट्का लागेको थियो । उसका लागि ड्यानी कार्भाहाल पनि घाइते हुँदै मैदान छाडे । उनको सट्टामा आए नाचो ।

दोस्रो हाफ अति नै रोमाञ्चक रह्यो । खेलको ५० औ मिनेटमा लिभरपुलका गोलरक्षक कारिएसले आश्चर्य लाग्दो गल्ती गरे । उनले हातले पास दिने क्रममा बेन्जेमाले उक्त बल बल्क गर्दा गोल हुन पूग्यो ।

तर, लिभरपुलले उक्त गोलको प्रतिक्रिया तुरुन्त दियो । उसका लागि साइडो मानेले खेलको ५५ औ मिनेटमा गोल गरे । सब्सिच्युटमा आएका ग्यारेथ बेलले ६३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए।

लिभरपुलका लागि कारियसले पुन गल्ती गर्दा खेलको ८३ औं मिनेटमा ग्यारेथ बेलले हानेको लामो स्ट्राइक गोल हुन पुगेको थियो । यो जितसँगै रियलले नयाँ किर्तिमान बनाउन सफल भएको । लगातार तेस्रो पटक च्याम्पियन्स लिग जित्ने रियल पहिलो क्लब बनेको छ ।

सम्बन्धित शिर्षकहरु