
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ शुक्रबार चीन प्रस्थान गरेका छन्। कार्ल माक्र्सको दोस्रो शतवार्षिकीको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित अन्तर्राष्टिय सम्मेलनमा भाग लिन श्रेष्ठ चीन प्रस्थान गरेका हुन्।
नेता श्रेष्ठले चीनको सन्जेन प्रान्तमा हुने कार्यक्रममा भाग लिनुका साथै चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको बताईएको छ । नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि चीन जाने श्रेष्ठ नेकपाको पहिलो शीर्ष नेता हुन्। उनी पाँच दिनसम्म चीनमा रहनेछन्।








