
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान केपि अोलीको सरकार ५ वर्षसम्म नढल्ने दाबी गरेका छन् । काठमाडाैंमा बिहीबार अायोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२औं स्थापना दिवस तथा आर्थिक समृद्धि विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने,- ‘कामको आधारमा मूल्यांकन गर्ने परिपाटीको स्थापनाका लागि पनि दिगो र बलियो सरकार स्थापना गर्नुपर्छ ।’ विगतमा सरकार अस्थिर भएकाले एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर सरकारलाई बलियो बनाउनुपरेको उनले स्पष्ट पारे ।








