
काठमाडौं । दुई महिला मन्त्रीहरु बिना मगर र थममाया थापाले सम्पत्ति विवरण बुझाएका छन् ।
मन्त्रीहरुले बुझाएको विवरणअनुसार उनीहरुको सम्पत्ति कम देखिएको छ । खानेपानी मन्त्री बिना मगरले आफ्नो नाममा केही पनि नरहेको विवरण बुझाएकी छन् । उनले विवरणमा प्रकाश दाहालको नाममा चितवनमा दुई कठ्ठा जमिन र एउटा स्कुटर रहेको देखाएकी छन् । सासु सीता दाहालको नाममा रहेको चितवनमै १ कठ्ठा जमिन देखाएकी छन् । एभरेष्ट बैंकमा रहेको उनको खातामा रकम शुन्य छ ।
त्यस्तै महिला बालबालिका मन्त्रीको नाममा पनि सम्पत्ति छैन । उनको सम्पत्ति विवरणअनुसार उनको आमाको नाममा म्याग्दीमा ७ आना जग्गा र १५ हजार रुपैयाँ छ ।








