काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद गठन भएको तीन महिनापछि प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यको नाममा जग्गा घर र केहि नगद ब्यालेन्स देखाईएको छ । १७–१८ तोला सुन र बैंकमा ४२ लाख नगद तलबभत्ताबाट प्राप्त भनेर प्रधानमन्त्री ओलीको नाममा रहेको देखाईएको छ ।

त्यस्तै अन्य मन्त्रीहरुको सम्पत्ति विवरण पनि सार्वजनिक गरिएको छ । कुन मन्त्रीको सम्पत्ति कति छ भन्ने जान्न तल राताे अक्षरमा क्लिक गर्नुहोस् ।
सम्माननीय प्रधानमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण








