यी हुन नेकपामा केन्द्रीय सदस्य बन्ने १० भाग्यमानी जोडी

काठमाडौं ।  समितिमा स्थान पाउने श्रीमान्–श्रीमतीका १० भाग्यमानी जोडी छन्। यस्ता भाग्यमानी दम्पतीमा शंकर पोखरेल र सुजता शाक्य, देवप्रसाद गुरुङ र यशोदा सुवेदी, हितमान शाक्य र अमृत थापामगर, वर्षमान पुन र ओनसरी घर्तीमगर, देवेन्द्र पौडेल र बलावती शर्माले समितिमा ठाउँ पाएका छन्। केन्द्रीय समिति सदस्य चयन हुने अन्य जोडीमा गणेशमान पुन र कमला रोक्का, रघुवीर महासेठ र जुली महतो, कृष्णध्वज खडका र रेखा शर्मा, शक्तिबहादुर बस्नेत र सत्या पहाडी, सूर्यकुमार सुवेदी र ज्ञानु बस्नेत, विश्वनाथ साह र सीता पोखरेल छन्।

पार्टी अध्यक्ष पुष्कमल दाहालकी छोरी रेणु दाहाल र बुहारी बिना मगर पनि केन्द्रीय समितिमा छन् भने चुरेभाबर राष्ट्रिय एकता पार्टीबाट प्रवेश गरेका बद्रीप्रसाद न्यौपाने, तराईमधेस लोकतान्त्रिक पार्टीबाट प्रवेश गरेका समिम मियाँ अन्सारी र नेकपा मालेबाट प्रवेश गरेका भाष्कर काफ्लेलगायत पनि केन्द्रीय सदस्य भएका छन्।

पत्रकारहरु ओम शर्मा, महेश्वर दाहाल र विष्णु रिजाल पनि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बनेका छन्। सत्तारुढ दलको केन्द्रीय समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाबाहेक सबै २१ मन्त्री समावेश गरिएका छन्। नागरिक दैनिकबाट ।

सम्बन्धित शिर्षकहरु