
एजेन्सी । विश्वकप फुटवलका लागि अर्जेटिनाले आफ्नो टिमको घोषणा गरेको छ। आगामी असार १ गतेदेखि रसियामा सुरु हुने विश्वकप फुटबलका लागि अर्जेन्टिनी टिमको अन्तिम नामावली घोषणा गरिएको हो। टिममा अर्जेन्टिनाका अनुभवी खेलाडी समेटिएका छन्। विश्वकपका लागी छानीएका खेलाडीहरू यस प्रकार रहेका छन् ।
गोलकिपरः सर्जियो रोमेरो, विली क्याबालेरो, फ्रान्को अर्मानी
डिफेन्डरः , फेडेरिको फाजियो, ओटामेन्डी, ग्याब्रियल मर्साडो, इडुवार्डो साल्भियो, मार्कोस रोजो, निकोलास त्यागलियाफिको, मार्कोस अकुना, क्रिष्टियन अन्साल्डी
मिडफिल्डरः जेवियर मास्चेरानो, एवर बनेगा, लुकास बिग्लिआ, एंगेल डी मारिया, म्याक्सिमिलानो मेजा, गुईडो पिजारो, एन्जो पेरेज, जियोवानी लो सेल्सो, क्रिष्टियन पाभोन
फरवार्डः लियोनल मेसी, सर्जियो अगुइरो, पाउलो डिबाला, गोन्जालो हिगुईन






