
काठमाडौं । तत्कालिन नेकपा एमाले र माओवादी माअोवादी केन्द्र एकिकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । बैठका अाइतबार ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वोलाइएको प्रधानमन्त्री केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।
सरकारले सोमबार नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।आजको बैठकमा यसै विषयमा छलफल हुने बताइएको छ । पार्टी एकता अघि नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार थियो भने गत जेठ ३ गते पार्टी एकतापछि सरकारमा अब एक दल नेकपा मात्रै भएको छ ।
शनिबार संघीय संसद् भवन नयाँ बानेश्वरमा नेकपाको संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको खाकासहित सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भएकाले यसलाई पास गराउने र कार्यान्वयन गर्ने गरी प्रस्तुत हुन सांसदहरुलाई आव्हान गरेका थिए । संसदीय दलको बैठकमा नवगठित नेकपाका अध्यक्ष प्रचण्डले संसदहरुलाई संसदमा अोभर कन्फिडेन्स नदेखाउनका लागी अाग्रह गरेका थिए ।








