
चितवन । बिहीबार बिहानै पहिरो खस्दा बन्द भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ। चितवन प्रहरीका अनुसार बिहान पौने ६ बजेतिर इच्छाकामना गाउँपालिका–६, कालीखोलामा पहिरो खसेको थियो। करिब दुई घण्टाको प्रयासमा पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो।
सडक विस्तार भइरहेकाले वर्षा हुनेबित्तिकै पहिरो खस्ने गरेको छ। सो सडक दिउँसो–दिउँसो बन्द गरिने भएकाले बिहान र साँझ सवारी साधनको चाप हुने गर्छ।








