
सुर्खेत । मकालु एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा हुम्लामा भेटिएको छ । सुर्खेत प्रहरीका अनुसार विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको हो । उक्त स्थानमा एक जनाको शव पनि भेटिएको छ ।
नाइन एन ए जे यु कलसाइन रहेको विमानका चालक किरण भट्टराई र सहचालक आदित्य नेपाली रहेका थिए । विमान सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो । विमान यसअघि बाजुरामा भेटिएको भन्ने खबर आएको भएपनि सो खबरको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले खण्डन गरेका थिए ।








