भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा माफी मागे

जनकपुरधाम । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदेश दुईका जनतालाई सम्बोधन गर्दै माफी मागेका छन् । उनले आफू भारतको प्रधानमन्त्री बन्नासाथ जनकपुरको भ्रमण गर्ने भन्ने वचन दिएपनि तत्काल जनकपुर आउन नसकेकोमा माफी मागेका हुन् ।

जनकपुर उपमहानगरपालिकाले गरेको नागरिक अभिनन्दनपछि बोल्दै भारतीय प्रधानमन्त्री मोदीले भने,  ‘अगष्ट २०१४ मा प्रधानमन्त्री हुँदा म पहिलोचोटी नेपाल आएको थिएँ । संविधानसभामा मैले भनेको थिएँ कि म छिट्टै जनकपुर आउनेछु । म सबैभन्दा पहिले तपाईहरु सबैसँग क्षमा चाहन्छु, किनकि म तुरुन्तै जनकपुर आउनै सकिनँ । म आउनमा धेरै ढिलो भएँ । यसका लागि फेरी पनि म सबैभन्दा पहिले माफी चाहन्छु ।’

उनले जानकी माताले एकदशीको दिन जनकपुरको दर्शन गर्न लेखिदिनुभएको रहेछ र म आज जनकपुर आएँ भन्दै खुसी व्यक्त गरेका थिए ।

सम्बन्धित शिर्षकहरु