
जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदेश नम्बर २ को सरकारले १ सय २१ किलोको मालाले स्वागत गरेको छ । दुई दिने नेपाल भ्रमण जनकपुरबाट सुरुआत गरेका भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेपछि प्रदेश नम्बर २ को सरकारले १ सय २१ किलोको मालाले स्वागत गरेको हो ।
उक्त स्वागत कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, एमालेका नेता रघुवीर महासेठ, माओवादी केन्द्रका नेता मातृका यादवलगायतका नेताको सहभागिता रहेको थियो ।








