प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरे रामायण सर्किट

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा रामायण सर्किटको घोषणा गरेका छन् ।

दुई दिने राजकीय भ्रमणका क्रममा नेपालमा रहेका भारतीय प्रधानमन्त्री मोदीले जनकपुरस्थित जानकी मन्दिरमा पूजाअर्चनापछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा रामायण सर्किटको घोषणा गरेका हुन् । संगसँगै दुवै देशका प्रधानमन्त्रीले जनकपुर-अयोध्या शिधा बस सेवाको शुभारम्भ गरेका छन् ।

दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा हल्लाएर बस सेवाको शुरुवात गरेका हुन् । उक्त अवसरमा दुवै देशका प्रधानमन्त्रीले राम र सीताको जन्मभूमिलाई जोड्ने गरी बस सेवा शुरु हुन लागेको बताए । बस सेवाको शुरुवातपछि अयोध्या र जनकपुरबीचको सम्बन्ध अझै प्रगाढ बनाउन सहयोग पुग्ने दुवै प्रधानमन्त्रीको विश्वास रहेको छ ।

सम्बन्धित शिर्षकहरु