मोदीलाई ‘जेड’ तहको सुरक्षा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका बेला जेड तहको सुरक्षा दिइने भएको छ । मोदीको नेपाल भ्रमणका समयमा पाँच प्रकारका सुरक्षा चुनौती औंल्याउँदै सरकारले यो तहको सुरक्षा दिने तयारी गरेको हो ।

जेड तहको सुरक्षा सर्वोच्च सुरक्षा बिन्दु हो ।

विश्वमा यस्तो सुरक्षा भारतीय प्रधानमन्त्री, चिनियाँ राष्ट्रपति, अमेरिकी राष्ट्रपति र इजरायली  प्रधानमन्त्रीलाई दिइने गरिएको छ । उच्च सुरक्षा स्रोतले भन्यो, सुरक्षाकै कारण देखाएर भारतीय प्रधानमन्त्री पाकिस्तान नजाँदा सार्क सम्मेलन समेत रोकिएको छ । हामीले त्यसलाई ध्यान दिनुपर्छ । उहाँको सुरक्षामा उच्चस्तरका सुरक्षा अधिकारी खटिनेछन् । अाजको नागरिक दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु