काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा सार्वजनिक बिदा हुने भएको छ । प्रदेश नम्बर २ को सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोदी आउने दिन वैशाख २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बिहारको पटनाबाट हेलिकप्टरबाट मोदी २८ गते जनकपुर आउने कार्यक्रम छ। जानकी मन्दिरमा पूजाआजा गरेपछि बाह्र बिगामा उनलाई नागरिक अभिनन्दनन गरिनेछ। यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सरकारले देशभर सार्वजनिक बिदा दिएको थियो।








