काठमाडौं । नेकपा माओवादी केन्द्रले सांगठनिक स्थितिको अद्यावधि तिब्र पार्न मातहतलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधार बसेको सचिवालय बैठकले सचिवालयलाई पुर्णता दिदै सांगठनिक स्थितिलाई अद्यावधि गर्न मातहतलाई निर्देशन दिएको हो।
दुवै पार्टीका नेताले पार्टी एकता छिट्ै हुने बताईरहेका बेला माओवादीले भने संगठनलाई सुदृढ बनाउने पहल थालेको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि दुईपक्षीय छलफलमा भएका सहमति र सहमति जुट्न बाँकी विषयबारे जानकारी गराएका छन्।
प्रचण्डले पार्टी एकताका लागि राजनितिक विषय टुंगो लागिसकेकाले संगठनको आकार र विधानमा राखिने विषय माथिको छलफल जारी रहेको जानकारी गराउदै छिटै पार्टी एकताको टुंगो लाग्ने बताएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।








