एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब वायर्न म्युनिखसँग २ – २ गोलको बराबरी खेल्दै समग्रमा ४ – ३ को जितसहित रियलले फाइनल यात्रा तय गरेको हो ।
बायर्नको मैदानमा भएको पहिलो लेगमा २–१ को जित हात पारेको थियो । रियललाई तेस्रो पटक फाइनलमा पुर्याउनका लागि करिम बेन्जेमाले दुई गोल गरे । रियलको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीका लागि दुवै करीम बेन्जिमाले गरेका थिए ।
वायर्नका जोसुवा किमिच र जेम्स रोड्रीगेजले समान एक एक गोल गरे । घरेलु मैदानमा वायर्नसँग बराबरीमा रोकिएपनि रियल पहिलो लेगमा निकालेको जितको फाइदा उठाउदै उपाधि नजिक पुग्न सफल भयो ।
अब रियलले उपाधीको लागि इन्ग्लिश क्लब लिभरपुल र इटालियन क्लब रोमाबिचको बिजेतासँग खेल्नेछ । लिभरपुल र रोमाबीचको दोस्रो लेग खेल बुधबार राति हुने छ । दोस्रो लेगपछि समग्रमा जित निकाल्ने टोलीले आगामी मे २६ मा रियलसँग उपाधिका लागि खेल्ने छ । फाइनल खेल युक्रेनको किभमा हुनेछ ।








