
काठमाडाैं । बुद्धको जन्मस्थल लुम्बिनीमा शनिबारदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । ‘लुम्बिनी नेपाल : बुद्ध जन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान’ भन्ने मुल नारासहित दुई दिने सम्मेलन सुरु भएको हो ।
सो सम्मेलनमा भाग लिन २३ देशका बौद्ध ज्ञाता तथा प्रतिनिधि लुम्बिनी आएका छन् । यी मध्ये १३ देशका संस्कृति तथा धार्मिक मामिला मन्त्री सहभागी हुनेछन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश कुमार त्रिपाठीका अनुसार सम्मेलनमा बुद्धशिक्षा र दर्शनका बारेमा १३ वटा विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।








