
एजेन्सी । रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नयाँ रेकर्ड बनाउन सफल भएका छन् । गएराति भएको च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा बार्यनलाई २-१ गोलले पराजित गरेपछि च्याम्पियन्स लिगमा सबैभन्दा धेरै खेल जित्ने खेलाडी बन्न उनी सफल भएका हुन् ।
रोनाल्डोले हालसम्म ९६ खेल जित्न सफल भएका छन् । पुर्व रियल मड्रिड खेलाडी इकर कासिलसभन्दा उनले एक खेल बढी जितेका छन् । च्याम्पियन्स लिगमा रियलले १५० खेल जित्न सफल भएको छ ।
पहिलो पटक रोनाल्डोले सन् २०१७ को मे पश्चात गोल गर्न चुकेका छन् । गएराति भएको खेलमा रोनाल्डोले बार्यनविरुद्ध खासै गतिलो खेल भने प्रदर्शन गर्न सकेनन् । तर, उनको नाममा भने नयाँ रेकर्ड बनेको छ ।






