के-के हो अष्ट्रेलियामा आगामी ५ वर्ष सम्म उच्च माग हुने काम ? सूची सार्वजनिक

अष्ट्रेलिया । नेशनल सेन्टर फर भोकेशनल एजुकेशन रिसर्चले अष्ट्रेलियामा आगामी ५ वर्ष सम्म उच्च माग हुने काम तथा पदको सूची सार्वजनिक भएको छ। रिसर्चले एक अनुसन्धान मार्फत उक्त सूची सार्वजनिक गरेको हो। सार्वजनिक सूची अनुसार शिक्षक, अकाउनटेन्ट, स्वास्थ्य क्षेत्रका पद लगायतका क्षेत्रमा उच्च मागमा रहेको छ । । उक्त अनुसन्धानबाट आएको नतिजा अनुसार आगामी २०२४ सम्ममा प्रत्येक वर्ष ५ लाख भन्दा बढी कामका रिक्त पदहरु हुनेछन्।

अकाउनटेन्ट, अडिटर र कम्पनी सेक्रेटरीमा हरेक वर्ष २.९ प्रतिशतले माग बढ्नेछ भने नर्सिङ्ग क्षेत्रमा त्यो वृद्धिदर २।५ प्रतिशत हुनेछ। त्यस्तै, स्वास्थ्य र सामाजिक कल्याण अन्तर्गतका एज्ड केयर, चाइल्ड केयर, पर्सनल केयर असिस्टेन्टमा पनि माग बढ्नेछ। टेलीकम्युनिकेसन टेक्निसियनहरुको माग हरेक वर्ष २.२ प्रतिशतले वृद्धि हुनेछ।

अष्ट्रेलियामा भइरहेको उद्ध्योग क्षेत्र विस्तारसंगै कन्स्ट्रक्सन, डिसट्रीब्युसन र प्रोडक्सन म्यानेजरहरुको माग अत्यधिक बढ्नेछ। त्यस्तै, बिजनेसका प्रशासनिक तहका पदहरुमा दक्ष व्यक्तिहरुको माग हरेक वर्ष ८ हजार ७ सय हुनेछ। उद्ध्योग संगै कृषि क्षेत्रमा किसान र फार्म म्यानेजरको पनि माग बढ्ने बताइएको छ ।

टेक्निसियन एण्ड ट्रेडमा हरेक वर्ष ५७ हजार ८ सय रिक्त पद हुनेछन् । पर्सनल करियर असिस्टेन्टमा प्रत्येक वर्ष १३ हजार ६ सय र हस्पिटालिटी क्षेत्रमा २० हजार ४ सय रिक्त पदमा अवसर मिल्नेछ।

उक्त सूची अनुसार, सेल्स वर्कर्स पदको लागि हरेक वर्ष ५८ हजार सय रिक्त पद हुनेछन् । चेकआउट अपरेटरमा र अफिस क्यासियरमा भने कामको अवसर अरु कामको तुलनामा कम हुनेछ। मेसिनरी अपरेटर र ड्राइभरको लागि भने २६ हजार भन्दा माथि रिक्त पदहरु खुल्नेछन्।
सफाई कामदारको लागि आगामी ५ वर्षसम्म हरेक वर्ष १२ हजार ४ सय रिक्त पद खुल्नेछन् ।

 

सम्बन्धित शिर्षकहरु