सार्वजनिक भयो नयाँ कम्युनिष्ट पार्टीको दस्तावेज (दस्तावेजसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा लेनिन दिवसको दिन एक नयाँ कम्युनिष्ट पार्टीले आफ्नो दस्तावेज सार्वजनिक गरेको छ । माओवादी केन्द्रमा असन्तुष्ट नेताहरुको समूहले तयार बनाएको दस्तावेज ६३ पृष्ठ लामो छ ।

‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ नाम दिइएको उक्त पार्टीको दस्तावेज आइतबार आहूतिलगायतका नेताहरुले सार्वजनिक गरेका हुन् । पार्टी गठनको लागि आधार बनाउन पूर्व पार्टी संगठन गठन गरिने दस्तावेजमा उल्लेख गरिएको छ । १३ शिर्षकमा लेखिएको विचारधारात्मक राजनीतिक कार्यदिशासम्बन्धी प्रस्तावमा नयाँ युगको प्रारम्भ, अन्तर्राष्ट्रिय परिस्थिति, विश्व कम्युनिस्ट आन्दोलन, अबको समाजवादको स्वरूप र विशेषता, नेपाली समाजः नयाँ चेतनाबाट हेरौँ, नेपाली समाजमा वर्गहरूको विश्लेषण, नेपाली समाजको चरित्र लगायतका शिर्षकहरु रहेका छन् ।

यसैगरी वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा, संयुक्त मोर्चासम्बन्धी नीति, पार्टी सङ्गठन र सङ्गठनात्मक सिद्धान्त, राष्ट्रिय स्वाधीनतासम्बन्धी नीति, कम्युनिस्टकरण र कार्यकर्तासम्बन्धी नीति र विविध शिर्षक दस्तावेजमा रहेको छ ।

दस्तावेजअनुसारको सांस्कृतिक नीति, पर्यावरणको रक्षा तथा जनसंख्याबारे नीति, आप्रवासी नेपाली श्रमिक सम्बन्धी नीति, आगामी ठोस कार्यक्रम र नाराहरू लगायत आवश्यक नीति निर्माण गरी अगाडि बढाइने दस्तावेजमा उल्लेख छ ।

यस्तो छ दस्तावेजको पूर्ण पाठ-

सम्बन्धित शिर्षकहरु