यस्तो छ टेलिकमको नयाँ वर्ष अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७५ को अवसर पारेर वैशाख १ देखि १५ गतेसम्म लागू हुनेगरी विभिन्न अफरहरु ल्याएको छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत जीएसएम, सीडीएमए प्रिपेड तथा पोष्टपेड मोबाइलमा शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ ।

जीएसएम, सीडीएमए प्रिपेड तथा पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम, सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । डाटा खरिद गरेको एक दिनसम्म यसको अवधि हुनेछ । १ जीबी डाटा थ्रिजी र फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा चल्ने छ ।

नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल भोलुम वेस्ड प्याकेज अन्तर्गत २ सय रुपैयाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ३ सय रुपैयाँमा २५ जीबी डाटा र ४ सय रुपैयाँमा ४० जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल अनलिमिटेड प्याकेज अन्तर्गत ७ सय रुपैयाँमा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ३ हजार ७ सय ५० रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा १ सय ८० दिन सम्म र ७ हजार रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा ३ सय ६० दिनसम्म प्रयोग गर्न सकिने छ । विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415# डायल गर्नु पर्नेछ ।

सम्बन्धित शिर्षकहरु