सर्वेन्द्र खनाल नेपाल प्रहरीकाे २६ अाैं आईजिपी तथा सशस्त्रमा शैलेन्द्र

काठमाडाैँ । प्रहरी नायब महानिरीक्षक (डिअाईजी) बरियतामा एक नम्बरमा रहेका सर्वेन्द्र खनाल नेपाल प्रहरीको २६ औं महानिरीक्षक (आईजिपी) नियुक्त भएका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दाेस्राे पटक बसेकाे मन्त्रिपरिषद बैठकले प्रहरी नियमावलीअनुसार आईजिपी नियुक्तिकाे निर्यय गरेकाे हाे।

मन्त्रिपरिषद बैठक अगाडि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाबीच भएको छलफलले खनालद्वयलार्इ आईजिपी बनाउने निर्णय गरेकाे हाे। बरिष्ठताका आधारमा अाइजिपी नियुक्ति गर्ने सहमतिअनुसार मन्त्रिपरिषदले साे निर्णय गरेकाे हाे।

आठ महिनाअघि नायब महानिरीक्षकमा बढुवा भएका सर्वेन्द्र खनाल २०४६ माघ २९ मा प्रहरी निरीक्षककाे रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी सेवाको २८ वर्षे कार्यकालमा काठमाडौं प्रहरी प्रमुख, महानगरीय अपराध महाशाखा, अञ्चल प्रहरी कार्यालय नारायणी र प्रहरी प्रवक्ताकाे जिम्मेवारी निर्वाह गरिसकेका उनी पछिल्लाे पटक महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख थिए।

सरकारले प्रमुख तीन प्रहरी संगठनमा लचिला प्रहरी अधिकारीका रुपमा परिचित खनाल २०२३ बैशाख १३ गते तनँहुमा जन्मिएका हुन्। नेपाल प्रहरीमा २०४९ सालमा निरीक्षकका रुपमा प्रवेश गरेका शैलेन्द्र २०५९ मा एहतह बढुवा नीति अनुसार सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए। गत असारमा अतिरिक्त महानिरीक्षक चयन भएका शैलेन्द्र हाल प्रशासन विभाग प्रमुख थिए।

सम्बन्धित शिर्षकहरु