
भक्तपुर । भक्तपुरमा प्रसिद्ध बिस्केट जात्रा आज(मंगलबार)देखि सुरु हुँदैछ। उक्त जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु गरिन्छ भने नौ दिन आठ रातसम्म मनाइने गरीन्छ। जात्रा दिउँसो एक बजेबाट सुरु हुनेछ भने आगामी बैशाख ५ गते गहिटी पुर्याएर सम्पन्न हुनेछ।
जात्रालाई शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ। जात्रा हुने ३४ ठाउँमा सीसी टीभी क्यामरा जडान गरिएको छ ।
यसैगरी सुरक्षाका लागि १ हजार ३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको तथा जात्रा अवधिभर भक्तपुरमा मदिरा बिक्री वितरणमा समेत रोक लगाइएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ।
बिस्केट जात्राको रथ तान्ने क्रममा हरेक वर्ष पाँचतले मन्दिर माथि र तलका स्थानीयबासीबीच ढुंगा हानाहान र झडप हुने गरेको छ। यस्लार्इ नियन्त्रण गर्न हुलदंगा गर्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गरिने नियम पनि बनाइएको छ ।








