आजको राशीफल

२०७४ चैत्र २६ गते । सोमबार । ईश्वी सन् २०१८ अप्रिल ०९ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख कृष्णपक्ष । तिथि नवमी ५३ घडी ५१ पला । नक्षत्र उत्तरषाडा,३५ घडी ० पला,बेलुकी ७ बजेर ४८ मिनेट उप्रान्त श्रवण ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले व्यापार व्यावासायमा लगानि गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । रोजगारको खोजिमा हुनेहरुले काम पाउन तथा नोकरिमा पदोन्नतीको योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने माता पिताको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । माया प्रेममा नजिक हुने तथा अध्ययनमा सुधार भएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बिशिष्ट तथा उच्च पदश्थ ब्यात्तिहरुको संगतले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सफल होईनेछ । तपाईको बौद्धिक क्षमतालाई सबैले सम्मान गर्ने तथा अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा समय दिनेहरुले सफलताका सिडिहरु चुम्नेछन् । धार्मिक अनुष्ठान तथा मन्दिरतिरको यात्रा तय गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । प्रम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बैक तथा बित्तियसस्थामा गरिएको लागानिबाट सन्तोषजनक कमाई हुँनेछ । व्यापार व्यावसायमा समय लगानि गरे अनुशार नतिजा नआउँने हुँनाले मन खिन्न हुँनेछ । माईति तथा चेलिबिचको सम्बन्ध बिग्रन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले खानपानमा ध्यान दिनुहोला । पढाई लेखाईमा अलि बढि मेहनेत गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) एकल तथा साझेदारि व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । लामो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । प्रेम सम्बन्धमा थप सुमधुरता आउँने तथा साथिभाईहरुबिच मित्रताको बन्धन कसिलो भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय दिएर चित्त बुझ्दो उलपब्धि हासिल गर्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजनका साथ समय कटाउँन सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । सत्रुहरुलाई परास्त गर्दै कामहरु बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) पढाई लेखाई अरु दिन भन्दा सुध्रियर जानेछ । सवारि साधन तथा भौतिक सम्पति लाभ हुँने योग रहेको छ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झिनेछन् । ब्यापारिक माहोलमा दिन बित्ने तथा व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । मिठा मिठा परिकारका साथ रमाउँन सकिने तर खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्न सक्छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट सन्तोषजनक आम्दानि हुँनेछ भने अन्य क्षेत्रमा तपाईको उपस्थिति कमजोर रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढिनै समय दिदा सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) शुभ मांगलिक सभा समारोह तथा वनभोज जस्ता कार्यक्रममा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । व्यावसायमा प्रशस्त नाफा कमाउँन सकिने हुँनाले दैनिकि फेरिनेछ । प्रेम प्रसङगमा रमाउँन चाहनेहरुका लागि दिनले साथ दिईने हुँनाले आफुले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउँदा मन प्रशन्न हुँनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानि गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) महत्वपुर्ण जिम्मेवारि सम्पादनको गर्ने जिम्मा तपाईको काधमा आउनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेम तथा पति पत्निबिच मायामा बिश्वासको बाताबरण बढेर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुँन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाई कमजोर रहनेछ । व्यापार व्यावासायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चनु पर्नेछ भने बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । प्रेममा धोका तथा बिश्वासघात हुँनेछ ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पैत्रिक सम्पति तथा सरकारि धन हातलागि हुँने योग रहेकोछ । आम्दानिका स्रोतहरु फराकिला हुँनुको साथै आयस्रोतका नयाँ नयाँ बाटाहरु फेला पनर्पेछन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र पंतिमा आउँनेछ । घर परिवार तथा आफन्तबिचबो सम्बन्धमा सुमधुरता बढेर जानेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानि हुँनेछ ।

सम्बन्धित शिर्षकहरु