काठमाडौँ। नेपाल आयल निगमले पेट्रोल, डिजेलको मूल्य फेरी वृद्धि गरेको छ । पेट्रोल,डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैंया बढाइएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
इन्डियन आयल कर्पोरेसन(आइओसी)बाट मूल्य बढेर आएपछि वृद्धि गरेको निगमले जनाएको छ।अब पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा पनि स्वचालित प्रणाली अनुसार बढाएका हौँ, गोइतले भने, ‘हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ ।’









