रामेछापमा बस दुर्घटना, एकको मृत्यु, ११ जना घाइते

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका २ ठोसेको तकदिन डाँडा नजिकै भएको बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ । अन्य १२ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परि सुबास गजमेरको मृत्यु भएको छ ।

काठमाडौँबाट रामेछापको बाम्ती भण्डारतर्फ जाँदै अरनिको सेवा समितिको बा ३ ख २६९५ नम्बरको बस दुर्घटनामा परी उमाकुण्ड गाउपालिका २ बाम्तीका सुबास गजमेरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका केहीलाई काठमाडौं र सामान्य घाइतेको जिल्लास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

सम्बन्धित शिर्षकहरु