काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई वारेन्ट जारी गर्ने नेक्रविक्रम चन्द विप्लव समूहलाई केटाकेटी खेल नखेल्न चुनौती दिएका छन् । ‘केपी ओलीलाई वारेन्ट ? यस्तो ठट्टा मजाक ? बरु प्रहसन कार्यक्रममा आउनुस्, मदनकृष्ण, हरिवंश र धुर्मुसलाई भन्दिन्छु ।’
रिर्पोटर्स क्लबको कार्यक्रममा ओलीले शनिवार भने, ‘प्रचण्डलाई वारेन्ट रे, कुन गाउँमा सात दिनभित्र हाजिर हुन आउनु रे ? विप्लवलाई यस प्रकारका राजनीतिक मजाक नगर्न सुझाव दिन चाहान्छु । अलि बढ्ता भयो के !’
उनले भने,’अहिले केही मान्छेहरुले कुन थोत्रा किताब पढेका छन् र क्रान्तिका कुरा गर्छन्। सुतली बम मार्सको सिद्धन्त कहाँ छ? सुतली बम र चन्दाका लागि क्रान्तिको गफ दिने, विप्लव कि के समूह भन्ने छ नी, केपी ओलीलार्इ वारेन्ट जारी गर्ने विप्लवलार्इ यस प्रकारका राजनीतिक मजाक नगर्न सुझाव दिन चाहन्छु।’
कम्युनिष्टको सरकार आएकाले अब जनता जाडो र भोकले नमर्ने अभिव्यक्ति समेत दिएका छन्। प्रधानमन्त्रीले भने,’कम्युनिस्टलाई तानाशाही भनिरहेका छन। जनता भोकै मर्दा मन नपोल्ने सरकार अहिले देशमा छैन। यस सरकारको मन जनता भोकै पोल्छ। तराईमा जाडोले कठ्याङ्ग्रिएर कोहीपनि मर्दैन किनकी यो सरकार तीनै जनताको हो।’








