काठमाडौं । प्रमुख तीन विद्यार्थी संगठनहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले यही चैत १७ गतेदेखि अनिश्चितकालसम्म शैक्षिक हड्ताल घोषणा गरेका हुन् ।
शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने उनीहरुको प्रमुख माग छ । अस्थायी शिक्षकहरुको परीक्षा यही चैत २३ गते निर्धारण गरिएको छ ।









