सिन्धुपाल्चोकमा बस दुर्घटना, ३ को मुत्यु

 

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका तामाखानीमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

काठमाडौंको जोरपाटीबाट भोटेनाम्लाङ जाँदै गरेको आमा ह्याल्मो यातायातको बा २ ख ४३२५ नम्बरको यात्रुबाहक बस दुर्घटनाग्रस्त हुँदा ३ को मृत्यु भएको छ । बस मेलम्ची खानेपानी परियोजनाको सिन्धु अडिट मार्गको तामाखानीबाट सिन्धुखोलामा खसेको हो ।

दुर्घटनामा १५ यात्रु घाइते भएको र च्यापिएका यात्रुको उद्धार भइरहेको छ ।

सम्बन्धित शिर्षकहरु