कोरियन भाषा परीक्षाको आवेदन भोलिबाट,यसरी दिनुहोस् अनलाइनबाटै आवेदन

काठमाडौं ।  कोरियामा रोजगारीका लागि जान चाहनेका लागि भोलि बिहीबारबाट रोजगार अनुमति प्रणाली (ईपीसएस) परीक्षाको आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकाएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि कोरिया लागि जान चाहनेका आवेदन दिन चाहनेहरुले चैत ८ गते देखि १७ गते सम्म आवेदन भर्नुपर्ने छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत सम्म जन्मिएका) नेपाली नागरिकले इपीएस नेपालको वेवसाइटमा गई अनलाइनबाटै आवेदन भर्न सक्नेछन्।

परीक्षा जेठ २६ र २७ गते तय भएको छ। परीक्षाका लागि काठमाडौँ र पोखरामा केन्द्र तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ। पोखरामा १२ हजार जनाले परीक्षा दिन पाउनेछन्।आवेदन शूल्क २४ डलर तोकिएको छ। यसपटक कुल ७ हजार १०० जना उत्तीर्ण गरिन्छ। जसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको छ।

अनलाइनबाटै आवेदन दिनको लागि इपीएस नेपालको वेवसाइट मा गई त्यहाँ भनिए अनुसारले आवेदन दिन सकिन्छ ।

सम्बन्धित शिर्षकहरु