पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको विषयलाई लिएर तीनै राप्रपामा तरङ्ग

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहसँग आइतबार झापामा भेटेको विषयलाई लिएर तीनवटै राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद देखिएको छ। तीनै राप्रपाका शीर्ष नेताहरूले पूर्वराजालाई भेट्न जाने नेताहरू पार्टीसँग सल्लाहमा नभई व्यक्तिगत रूपमा गएको बताएका छन्।

राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थाप्रति पार्टीको आस्था र सम्मान रहे पनि पार्टीले एजेण्डा छोड्यो भनेर हल्ला गर्ने र नेतृत्वलाई बदनाम गर्नेहरू पार्टी फुटाउन लागिपरेको आरोप लगाए। ‘राजसंस्थाप्रति हाम्रो आस्था र सम्मान छ’, सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन्, ‘तर पार्टी फुटाउन निर्णायक भूमिका खेल्ने भजनमण्डलीसँग भने सतर्क रहनुपर्छ।’ एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वराजासँगको भेटघाट र पार्टी एकीकरणको विषयमा कुनै छलफल नभएको बताए।

पार्टी एकीकरणका विषयमा पार्टीले कुनै चासो दिएको छैन’ उनले भने। थापा नेतृत्वको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य भाष्कर भद्रा र प्रह्लाद शाह, पशुपतिशमशेर राणानेतृत्वको राप्रपा९प्रजातान्त्रिक० का महामन्त्री राजाराम श्रेष्ठ र नेताहरू केन्द्रीय सदस्य सुरेश आचार्य र सगुन लावती र केशव श्रेष्ठ लगायतले पूर्वराजा शाहलाई आइतबार झापाामा भेटेपछि तीनै राप्रपामा तरङ्ग आएको हो भन्दै नयाँ पत्रिकामा खवर छ ।

सम्बन्धित शिर्षकहरु