
काठमाडौं । नेपाली कांग्रेसको सानेपामा सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकले कांग्रेस पूर्व केन्द्रिय सदस्य कुमारीलक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेसका नेता एवम् शहीद देवानसिंह राईकी छोरी उनी भोजपुरमा जन्मिएकी हुन् ।
यस्तै बैठकले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र उपनेतामा पार्टी नेता विजयकुमार गच्छदार चयन भएकोमा बधाई ज्ञापन गरेको जनाएको छ । एमालेले विद्या भण्डारीलाई अघि सारेपछि कांग्रेसले पनि महिला उम्मेदवार बनाएको छ ।








