काठमाडौं । सत्तारुढ एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीचको वार्ता आजपनि असफल भएको छ। सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बुधबार पनि बिना निष्कर्ष टुंगिएको हो।
फोरमलाई सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्त्री केपी ओलीसहित तीन दलका शिर्ष नेताको बैठक बुधवार सिंहदरवारमा बसेको थियो । बैठकमा सहभागी नेताहरुले सकरात्मक कुराकानी भएपनि कुनै सहमति भने हुन सकेन ।
बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले छलफल सकरात्मक भए पनि समय अभावका कारण कुनै सहमति नभएको बताए । भोलि (बिहीवार)को बैठकमा सहमति हुने उनको भनाइ छ ।
फोरमसँग थप छलफल गर्न बिहीवार विहान ९ बजेट बैठक बोलाइएको छ । संविधान संशोधनका लागि एमाले र माओवादी केन्द्र सकरात्मक भएको बताइएपनि मन्त्रालय र अन्य पदहरुको बाँडफाटमा थप छलफल रहेको नेताहरुले बताएका छन् ।








