
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारका रूपमा विष्णु रिमाल नियुक्त भएका छन् । नेकपा एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका रिमाललाई शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि रिमाल प्रमुख राजनीतिक सल्लाहकार नै थिए। उनी एमाले निकट नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का अध्यक्ष हुन् ।








