दैलख जीप दुर्घटना, ४ को मृत्यु, ३ घाइते

दैलेख । दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको लु१ज ३५३२ नम्बरको जीप दैलेखको महाबु–४ ओखलढुंगामा जीप दुर्घटना हुँदा जीपमा सवार ४ जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महाबु गाउँपालिका ४ की २२ वर्षीया निर्मला पाण्डे, महाबु गाउँपालिका ५ का ३५ वर्षीय श्रम शाही, महाबु गाउँपालिका ६ की २९ वर्षीया निर्मला शाही र सुर्खेतका तिलक ढकाल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

९ जना सवार उक्त जीप ब्रेक फेल भए पछि ब्याक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु