
काठमाडौं । सरकारमा पठाईने मन्त्री छान्ने लगायत विषयमा छलफल गर्न नेकपा एमाले स्थायी समिति बैठक भोलि बिहान बस्ने भएको छ । आजै अपरान्ह ५ बजे बैठक बस्ने भनिएपनि भोलि शुक्रबार बिहान ९ बजे मात्र प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी समिति बैठक बस्ने बताइएको छ ।








